
तिलोत्तमा,२०७९ पौष १ गते । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छन् । सुमन परियारसँग मिलेर गाएको उक्त गीत अहिले सामाजिक सञ्जालमा विवादले घेरिएको छ ।
जबर्जस्ती करणीबारेका हालैका दुई घटनालाई व्यंग्य गर्दै गाइएको उक्त गीतले पीडितलाई थप पीडा थप्ने किसिमले ‘कम्पोज’ भएको आरोप कतिपयको छ ।फेसबुकमार्फत गायिका घिमिरेले बहिनी र छोरी सम्झिएर आफूलाई माफी दिन आग्रह गरेकी छन् । उनी लेख्छिन्, ‘कुनै प्लान गरेर डलरकै लागि भनेर, सोचेर, सम्झेर, स्क्रिप्ट तयार पारेर र कसैलाइ बर्बादै पार्ने गरी गाइएको गीत होइन ।’उक्त गीत आफ्नै रचनामा गाएको पनि उनले स्वीकारेकी छन् । कतिपय दोहोरी कलाकारले उक्त गीतको स्क्रिप्ट अरु कसैले लेखेको हुनसक्ने अनुमान गरेका थिए ।
उनी लेख्छिन्, ‘यसबाट पर्न गएको असरप्रति हृदयबाटै माफी माग्छु । सानी बहिनी सम्झिएर माफ गरिदिनुहोला । आइन्दा यस्तो गल्ती हुनेछैन । अब उपरान्त गीत गाउँदा एकदम ख्याल राख्नेछु । सधैं हजुरहरुकै प्रिय बन्न पाऊँ, गीत-संगीतमै रम्न पाऊँ, कहींकतै बिराएछु भने सल्लाह सुझाव दिंदै गर्नु है ।’
उक्त दोहोरीमा अरु अनि आपत्तिजनक शब्दहरु प्रयोग गरिएको छ । यस्तो छ दोहोरी :
सुमन परियार गाउँछन् -
ती गाला देखेसी कस्तो कस्तो भो
मुस्ताङको स्याउजस्तै टोकुँजस्तो भो
कमलाले यसमा जवाफ दिन्छिन्-
न कोहीलाई भेट्न भनी आकी छ
होस गर अठार कट्नै बाँकी छ
उक्त गीतका थप टुक्का यस्ता छन्-
मन मिले अहिले नै नजिक सरम्ला
अठार कटेसी बिहे गरे गरम्ला
जानु है बेलुकी पानी पिएर
घुम्न जाऊँ तलतिर दश लाख लिएर
नानीको कुराले सातो गयो नि
दश लाखको माया त महंगो भयो नि
यस्तै हो छोडिदेऊ अब संसार
चल्न त परिगो कोही कोही अनुसार
यो तालले मायामा कहाँ फस्छु म
दश लाख तिर्दिन एक्लै बस्छु म
ढिला भो अब त घर जानलाई
जाम हिंड होटल कफी खानलाई
म फस्न चाहन्न होटल धाएर
यतै गफ गरम्ला पानी खाएर
भेट्नेछु फेरि नि अब आउने दिन
क्यामरा अन गर्छु पख एकैछिन
चिया नि कफी नि उतै खान्छु है
पेट काट्लाजस्तो भो घर जान्छु
हेर त एकचोटि मेरो आँखामा
नदाजौं मायालाई दश-बीस लाखमा
कमेन्ट गर्नुहोस्