
तिलोत्तमा, १७ मंसिर २०७९।अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स दृश्य’ भएको अनुमान गरिएको छ ।मनाङमा छायांकन भैरहेको फिल्मको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा यसलाई सार्वजनिक गरेका हुन् । अनमोल र अर्का अभिनेता रविन तामाङबीचको लडाइ र संवाद सार्वजनिक भिडियोमा समावेश छ ।
यो भिडियोमा कथावस्तु र चरित्रको पक्षमा धेरै पक्षको खुलासा गरेको छ । अनमोल नायक र रविन तामाङ खलपात्रको भूमिकामा हुन्छन् । यार्सागुम्बा टिप्न जाँदा ११ वर्षअघि खलपात्रले अनमोलको बुवालाई मारेको सन्दर्भ प्रस्तुत गरिएको छ ।बुवालाई मारेपछि अनमोलले रविनसँग बदला लिन खोजेको देखिन्छ । भिडियोमा अनमोल तरवार लिएर जाइलागेको देखिन्छ । यसअघि पनि चितवनमा सुटिङ भैरहेको छड्के २ बाट नायक अनमोल जेलबाट बाहिरिँदै गर्दाको भिडियो सार्वजनिक भएको थियो ।
कमेन्ट गर्नुहोस्