
तिलोत्तमा सिटी न्युज, कार्तिक २९ गते २०७९। मंसिर ९ गतेदेखि प्रदर्शन हुने फिल्म ‘मीलन’को नयाँ गीत ‘अलिअलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ ।शब्द तथा संगीत फिल्म निर्देशक टेक पौरखी राईकै छ । गीतको भिडियोमा प्रमुख कलाकारहरु सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै शिल्पा थापालाई देख्न सकिन्छ ।
गीतको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् । यसअघि ‘तिम्रो इसारा काफी छ,’ बोलको गीतसँगै ट्रेलर र पोस्टर सार्वजनिक भइसकेको छ ।प्रवीण थापा निर्माता रहेको यो फिल्ममा सलोन, कुशल र शिल्पासँगै शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल (ब्याकुली), सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का र करण थापा मगरको अभिनय छ ।काठमाडौं र कालिञ्चोकमा खिचिएको फिल्म ‘मीलन’ले निर्वाचनपछिको मितिमा दर्शकको उल्लेख्य उपस्थिति हुने आशा राखेको छ ।
कमेन्ट गर्नुहोस्