लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, १२ जना घाइते

tillotmacitynews - 2022 Nov 09 08:05 AM
IMG

तिलोत्तमा,२०७९ साल २३ कार्तिक। प्युठानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । १२ जना घाइते भएका छन्।प्युठान नगरपालिका– ५ पूर्णा गाउँ कुना पानीमा गएराति साढे १२ बजे लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पूर्णा गाउँकी ५२ वर्षकी मैमा घर्ती, ४३ वर्षकी बच्ची थापा र ४६ वर्षका खुमन थापाको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार घाइतेको जिल्ला अस्पतालमा बिजुवारमा उपचार भइरहेको छ । प्युठान नगरपालिका–१ खैरामा लाग्ने पूर्णिमा मेला हेरेर फर्किएका व्यक्ति दुर्घटनामा परेका प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्