लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा सेतीवेणीको शुभ मुहूर्त,शालिग्रामको महत्व संसारभर फैलाइने

IMG

तिलोत्तमा, २०७९ साल १६ कार्तिक। सेतीवेणी नामक चलचित्र निर्माण हुने भएको छ । युनिक मुभिजको ब्यानरमा निर्माण हुन लोगको डकुमेन्ट्रि फिल्म सेतीवेणीको शनिवार बुटवलमा एक कार्यक्रमका बीच शुभ मुहूर्त गरेको छ ।गुल्मी, स्याङ्गजा र पर्वतको संगम स्थलमा रहेको एसियाको सबैभन्दा ठूलो शालिग्राम पाइने ऐतिहासिक तथा धार्मिक सेतीवेणीको महत्ववारे जानकारी गराउने उद्देश्यले शालिग्राम भएको स्थानको प्रचार र प्रसार र महत्वको वारेमा जानकारी गराउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सकिने अभिप्रायका साथ चलचित्रको निर्माण शुरु गरिएको चलचित्रका लेखक तथा निर्देशक वाबुराम घिमिरेले बताए ।कार्यक्रममा बोल्दै कानुन व्यवसायी जोगबहादुर खत्रीले भने ‘एसियाको सबैभन्दा ठूलो शालिग्राम पाइने ऐतिहासिक तथा धामिक सेतीवेणीको महत्वको बारेमा स्थानियले प्रचार–प्रसार गर्नुपर्ने थियो । तर त्यो हुन नसकेपनि चलचित्रको माध्यमबाट जानकारी गराए पछि प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त हुने कुराले यसको महत्व झनै स्थापित हुने छ ।’


कार्यक्रमका प्रमुख अतिथि समाजसेवी साहित्यकार रामचन्द्र ढकालले नेपाली चलचित्र समाज सुधारक हुनुपर्ने बताए । उनले भने ‘माया प्रेमका मात्र नभएर समाजभित्र लुकेका, प्रचार-प्रसारको अभावमा रहेका, दुखि गरिब असहायहरुको बारेमा बोल्नेहुन पर्छ ।’कार्तिके एकादशिको दिन पारेर स्याङजा, पाल्पा, गुल्मी पर्वत, बुटवलका धार्मिक तथा पर्यटकिय स्थलमा छायाँकन गरिने भएकाले पनि यो चलचित्रको महत्व निकै रहेने छ । चलचित्र सेतीवेणीमा कलाकारहरु कष्ण खनाल , ध्रुर्व पोखरेल, कृर्ति क्षेत्री, रेणुका धिमाल, सान्तराम गिरी, प्रसाद सुवेदी, विजय अर्याल, सुमित्रा चापागाँइ, मोहन पोखरेल लगाएतका कलाकारको अभिनय रहने ।


चलचित्र सेतिवेणीमा प्रस्तुतकर्ता युनिक मुभिजको हुनेछ भने निर्देशन बाबुराम घिमिरे र विजय पोखरेलको हुनेछ । त्यसैगरी माधव पौडेलको छायांकन रहने छ भने करण तुलाचनको द्वन्द्व रहने छ । करिब २० लाख रुपैयाँको लगानीमा चलचित्र निर्माण सम्पन्न हुने निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्