लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘के घर के डेरा’ र ‘नालापानी’ भव्यताका साथ् देशभर प्रदर्शनमा

tillotmacitynews - 2022 Oct 22 09:27 PM
IMG

तिलोत्तमा, २०७९ साल ५ कार्तिक।  दीपेन्द्र के खनाल निर्देशित नेपाली फिल्म ‘के घर के डेरा’ र रिमेश अधिकारी निर्देशित ‘नालापानी’ शुक्रबारबाट देशभर नेपाली सिनेमाघरमा प्रदर्शन भैरहेको छ।  तिहारलाई लक्षित गर्दै शुक्रबारबाट ‘के घर के डेरा’ र ‘नालापानी’ प्रदर्शनमा आउन लागेको हो । अभिनेता दयाहाङ राईसँगै विपीन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको ‘के घर के डेरा’ मा शहरमा डेरामा बस्नेहरुको पीडा र संघर्षको कथालाई चित्रण गरिएको चलचित्र निर्माण पक्षले जनाएको छ ।


यसैगरी, अभिनेता अर्जुनजंग शाही, देशभक्त खनाल, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, सहिना भट्टराई, गीत विष्ट, युगजङ्ग कार्की लगायतको अभिनय रहेको चलचित्र ‘नालापानी’ मा सन् १८१४ मा देहरादुनस्थित नालापानीगढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई चलचित्रमा देखाइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्