लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फिल्म नबन्दै विवादमा झरनाको भगवत गीता : विकास बोर्ड र सेन्सर बोर्डमा उजुरी

tillotmacitynews - 2022 Oct 12 10:02 PM
IMG

तिलोत्तमा, २०७९ असोज २६ गते। अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘भगवत गीता’ निर्माण अगावै विवादमा परेको छ।  फिल्मको सार्वजनिक टिजरलाई लिएर विवाद सुरु भएको हो । फिल्मको कथावस्तुले गम्भीर ध्यानाकर्षण भएको भन्दै हिन्दू जागरण नेपालले सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा ध्यानाकर्षण पत्र बुझाएको छ। मंगलबार विकास बोर्ड अध्यक्ष भुवन केसीलाई ध्यानाकर्षण पत्र बुझाउँदै फिल्मले धार्मिक क्षेत्रलाई आहत पुराएको बताएको छ। बुधबार सेन्सर बोर्डमा समेत पत्र बुझाइएको छ।


‘भागवत गीता’को कथावस्तुमा अन्तरजातीय विवाहसहितका विषय उल्लेख भएकाले सच्चाउन आग्रहसहित पत्र बुझाएको संस्थाका अध्यक्ष भीम उपाध्यायले बताएका छन्।गीतामा अन्तरजातीय र विजातीय प्रेमको कुरा नभएको भन्दै फिल्मले गीता भन्ने बित्तिकै मानिसमा बनेको इमेज बिगार्ने भएकाले सच्चिन आग्रह गरेका बताए ।विकास बोर्डले फिल्म बनाउन अनुमति दिनु अघि स्क्रिप्ट पढ्न र धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गर्न अध्यक्ष केसीको ध्यानाकर्षण गराएको छ। पत्र बुझ्दै केसीले धर्मसँग सम्बन्धित कथावस्तुमा फिल्म बन्नुपूर्व बोर्डले अध्ययन गर्ने र संस्थासँग समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। 


यता फिल्मका निर्माता सुनिलकुमार थापाले आफूहरुले धार्मिक फिल्म बनाउन नलागेको बताएका छन्। उनले आफू धर्मप्रति संवेदनशील रहेको बताउँदै भने ‘हामीले धार्मिक कथावस्तुमा फिल्म बनाउन लागेका होइनौं ।’ उनले ‘भागवद् गीता’ नभएर ‘भगवत गीता’ बनाउन लागेको बताए।

कमेन्ट गर्नुहोस्