लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘म राजेश हमाल’, चैत १० मा,फर्स्टलुक सार्बजनिक

tillotmacitynews - 2022 Oct 08 02:38 PM
IMG

तिलोत्तमा सिटी न्युज, असोज २२ गते । सुपरस्टार राजेश हमालको नाम सापटी लिएर निर्माण भएको फिल्म ‘म राजेश हमाल’को प्रदर्शन मिति घोषणा गरिएको छ । बडा दशैं र निर्माता केदार भुषालको जन्मदिनको अवसर पारेर मंगलवार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत १० गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको हो । पोस्टरमा एक युवती ट्रकको पछाडि कुद्दै गरेको देख्न सकिन्छ ।जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका छ । फिल्ममा अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा छन् ।


फिल्ममा राजेश हमलाको आवाजबाट कथा वाचन गरिएको निर्माता भुषालले जानकारी दिए । फिल्मको कथा निर्देशक योञ्जनकै हो भने पटकथामा उनलाई सायदले साथ दिएका छन् । आलोक शुक्लाको छायांकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठीको साउण्ड डिजाइन छ । फिल्ममा दिपक आर.जे र कमल रेग्मीको संगीत रहेको छ।किरण कुमार महर्जन सह-निर्माता रहेको फिल्ममा जीवलाल भुषाल, नविन भुषाल र श्रृषा भुषाल कार्यकारि निर्माता हुन् । राजेश हमाल केवल सुपारस्टार होइनन् उनी एक भावना हुन् भन्ने ट्यागलाइनमा फिल्म निर्माण भएको हो । निर्माता केदार भुषालले यसअघि निर्माण गरेको फिल्म ‘कौसिद’ पनि प्रदर्शनको तयारीमा छ । 

कमेन्ट गर्नुहोस्