लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ताइवानमा शक्तिशाली भूकम्प

tillotmacitynews - 2022 Sep 18 09:26 PM
IMG

तिलोत्तमा सिटी , २०७९ असोज २। ताइवानमा शक्तिशाली भूकम्प गएको छ ।दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्याण्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्वीरहरु सार्वजनिक भएका छन् । ताइवानका उद्धारकर्ताले घाइतेहरुलाई खोजी तथा उद्धारको काम जारी राखेका छन् ।त्यहाँ ६.९ म्याग्निच्युटको भूकम्प जानुअघि र त्यसपछि पनि ससाना भूकम्प गइरहेका छन् ।

कमेन्ट गर्नुहोस्