लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘प्रेमगीत ३’ हिन्दी भाषाको असोज ७ मा नेपालमा प्रदर्शन

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २७ गते २०७९। लामो अन्योलपछि अन्ततः ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा समेत रिलिज हुने भएको छ । नेपाली संस्करण रिलिज हुने दिन असोज ७ गते नै हिन्दी संस्करण पनि लाग्ने भएको हो ।अहिले हिन्दी संस्करणको प्रचारका लागि भारतको पश्चिम बंगालमा रहेका निर्माता सन्तोष सेनले यसको पुष्टि गरे । ‘नेपाली वितरकसँगको सहमतिमै हिन्दी पनि ल्याउने निश्चित भएको छ,’ सेनले भने ।


‘मधेश बेल्टसँगै सिंगो कलाप्रेमी दर्शकको तीव्र मागलाई मध्यनजर गर्दै ‘प्रेमगीत ३’ नेपाली र हिन्दी एकैदिन लगाउने निर्णय गरेका छौं,’ सेनले भने, ‘टिजर, गीत र ट्रेलरबाट दर्शकले देखाउनुभएको मायालाई ख्यालमा राखेका छौं ।’यसअघि नेपालमा हिन्दीलाई रिलिज गर्ने वा नगर्नेबारे अन्योल थियो । भुवन केसीले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई रोक्ने खोजको हल्ला पनि चलेको थियो, जसलाई चलचित्र विकास बोर्डले प्रष्टीकरण पनि दिइसकेको छ ।

कमेन्ट गर्नुहोस्