लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी फोटोग्राफर संघको सप्ताहब्यापी कार्यक्रम शुरु

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १ गते २०७९।  लुम्बिनी फोटोग्राफर संघले  बिश्व फोटोग्राफी दिवसको अवसर परेर सप्ताह ब्यापी कार्यक्रम हरुको आयोजना गरेको छ। सोही कार्यक्रम अन्तरगत आज रक्तसंचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ। आज सम्पन्न रक्तदानमा लुम्बिनी फोटोग्राफर संघका सदस्यहरुको सहभागीता रहेको उक्त कार्यक्रममा ५०  जाना फोटोग्राफरहरुले रगत दान गरेका थिए।  


मनिष पन्थको अध्यक्षता रहेकोे  कार्यक्रमको संयोजन बेचेन्दर यादवले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथी नेपाल भने फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद चापागाईं रहेका थिए भने केन्द्रिय सदस्य माधव प्रसाद  पन्थ , कमला तिवारी लगायतका अतिथीहरुको  उपस्थिति रहेको थियोे उक्त कार्यक्रमको सन्चालन सस्थाका महासचिव माधव प्रसाद पन्थले गरेका थिए। 



कमेन्ट गर्नुहोस्