लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ट्रिजरमै मन छोएको "आराध्या": वालमनोबिज्ञानको चित्रण

IMG

तिलोत्तमा सिटी न्युज, साउन १२ गते २०७९ । यसै पनि बाल-मनोविज्ञानमा खेल्ने शर्ट फिल्मका निर्देशक हुन् रामजी ज्ञवाली। उनका यसअघि रिलिज गरिएका धेरैजसो शर्ट फिल्महरुमा बालबालिकाप्रतिको सामाजिक दायित्व तथा माया र स्नेहका स्वरुप भेटिन्छ।  आफैमा कठोर कथाका धनि रामजी यसपाली पुन : आराध्या मार्फत मन जित्दै छन्।  


राम्रो इण्टर्टेन्मेण्टको प्रस्तुतिमा काठमान्डौको ब्यस्त जिबनसंग मेल खाएको सो कथामा आराध्या बाधिएकी छिन। श्रीमान् श्रीमती आ-आफ्नै काममा ब्यस्त हुँदा कमाई र पैसाकोपछि लाग्दा परिवारमा समय दिन नभ्याउदा आईपर्ने मनोविज्ञानको असरलाई फिल्मले देखाएको छ। बालबालिकामा पर्ने त्यस्ता असरलाई टपक्क टिपेर चसक्क बिझ्ने गरि प्रस्तुत गरिएको आराध्याको कथालाई १ मिनट २१ सेकेन्डको ट्रेलर मार्फत युटुबमा अहिले मन जितिरहेका छन्। कथामा नेपाली चलचित्रका नायक अमिर गौतम, नायिका सुरबिना कार्की, सफु बुढाथोकी, डोरोथी शाह, शृष्टि भुसाल, प्रान्जल पौडेल, नारायण कंडेल लगायतका बाल तथा अन्य कलाकारले ससक्त अभिनय गरेका छन्। संजित कुमार शाहले निर्माण गरेको सो फिल्ममा राजा कुमार शाह कार्यकारी निर्माताको रुपमा रहेका छन्। 


बालमनोबिज्ञानमा मिठ्ठो कथा बुन्न सफल निर्देशक रामजी ज्ञवाली आराध्या मार्फत दर्शकले मिठो साथ् दिएको र ट्रेलर हेरेरै धेरैले धन्यबाद दिनुभएको बताएका छन। फिल्म आएपछि अझै दर्शकको मन जित्नेमा ढुक्क छन्। पछिल्लो समय अनामनगरमा आफ्नै स्टुडियो र फिल्म मेकिङ्ग शुरु गरेका रामजी फिल्ममा लगानी सुरक्षित गर्ने निर्देशक समेत कहलिन्छन।तिलोत्तमा सिटीको छोटो कुराकानीको क्रममा निर्देशक रामजीले छिट्टै नेपाली सुपरस्टार कलाकार सहितको बिग प्रोजेक्टको फिल्म निर्देशन गर्ने बताएका छन्। उनले आराध्या नेपाली समाजको यथार्थ चित्रण भएको बताए। 



फिल्ममा लोकेशन क्रियट मुन्ना मालाकार, मेकअप निशा खनाल,  सहायक निर्देशक युबराज घिमिरे, कलरिस्ट राजेन्द्र  मोक्तान, रहेका छन् भने चिफ सहायक निर्देशन बाबुराम  निरौलाको रहेको छ।  त्यस्तै फिल्मको कथा रामजी ज्ञवाली आफैले लेखेका छन् भने उनलाई आर्यन  अधिकारीले सघाएका छन्। फिल्ममा पार्श्व ध्वनी योगेश काजीको रहेको छ भने सिनेमाटो संकल्प भुजेलले उज्जन भारतीको सघाउमा खेलाएका छन्।फिल्म आराध्याको सम्पादन नहकुल खड्का र शर्ट टिजर सम्पादन शाहील खानको रहेको छ। फिल्ममा बज्ने गीतमा अर्सिया शाह गुञ्जने गीतलाई जीवन भण्डारीले लेखेका हुन् भन संगीत बिशाल निरौलाको रहेको छ।  



कमेन्ट गर्नुहोस्