लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"प्रकाश"जुम्लाको बास्तबिक कथा हो, यसले नेपालको कथा बोल्छ: अभिनेता प्रदिप खड्का

IMG

तिलोत्तमा सिटी न्युज, साउन ६ गते २०७९ । महिलाहरुको महानपर्व तीजलाई मध्यनजर गर्दै नेपाली फिल्मी पर्दामा भाद्र १० गते रिलिज हुन लागेको फिल्म प्रकाश ले देश दौडाहा शुरु गरेको छ। चकलेटी नायक कहलिएका अभिनेता प्रदिप खड्का अब हिरो मात्र बनेर हुन्न समग्र नेपाली जनताको समाजको हिरो बन्नु पर्ने भन्दै फिल्म प्रकाशमा त्यस्तो हिरोको अभिनय देखिने बताउछन।  त्यसो त जुम्लाको बिकट स्थानमा छायांकन गरिएको सो फिल्ममा अभिनय गर्न त्यति सहज नभएकोले सबै फिल्म टिमको सहयोगले सो काम सोचेजस्तो र पुरा भएको प्रदिपले बताए। प्रकाश जुम्लाको बास्तबिक कथा भएकाले समग्र नेपालको एक बेरोजगार युवा, द्वन्दमा चपेटिएको युवा, र राजनीति बिना असम्भव समाजमा युवाको संघर्षलाई कथामा उतारिएको प्रदिपको भनाई छ। तीजको छेको पारेर सबै नेपालीको लागी टिप्पिकल नेपाली फिल्मको स्वाद चखाउन आफुहरु दर्शक सामु आएको उनको भनाई छ। 




फिल्ममा प्रदिपकी आमाको अभिनयमा जमेकी अभिनेत्री दिया मास्केले आफु समाजकी सहनशील शुसिल र इमान्दार महिलाको अभिनय गरेको उल्लेख गरेकी छिन।  अभिनयले कहिले रुवाउछ कहिले हसाउछ , समग्र रुपमा फुल मनोरन्जनात्मक सामजिक संदेश दिने फिल्म प्रकाश हेर्न सबैलाई उनले आग्रह समेत गरिन।  


फिल्ममा प्रदीपले अभिनयको हिसाबमा ‘प्रकाश’ र ‘प्रेमगीत ३’मा काम गर्दा आफूले दिने चिजमा कुनै फरक नपरेको बताए । दुवै फिल्ममा आफूले शतप्रतिशत दिएको उनको भनाई छ । ट्रेलर रिलिज कार्यक्रममा प्रदीपको अभिनेत्री रेनु योगीसँग राम्रो बोन्डिङ देखिएको थियो । फिल्ममा रेनुले आफूलाई ‘सर’ भन्ने गरेकाले आफूहरुको सम्बन्ध शिक्षक र विद्यार्थीको जस्तो रहेको भन्दै उनले ठट्टा गरे । बिनिश इण्टर्टेन्मेण्ट प्रालीको प्रस्तुति रहेको फिल्मको निर्देशन प्रसाद, क्लासिक, नोभेम्बर रेन जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले गरेका हुन्।चलचित्रका अभिनेता प्रदिप खड्का, अभिनेत्री दिया मास्के, रेणु योगी का साथमा प्रोडक्सन कन्ट्रोलर मनोज जोशी, कमेडियन आर्टिस्ट आयुष श्रेष्ठ, आशिष घिमिरे, पुजन अधिकारी, एलन जंग थापा, आदर्श मिश्रा लगायतको उपस्थितिमा फिल्म युनिट देश दौडाहामा लागिपरेको छन। 


बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ। फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका हुन्।चलचित्रलाई जीवन्त बनाउनका लागि आफ्नो भरपुर प्रयास रहेको दाबी गर्दै नायिका मास्केले चलचित्रले दर्शकलाई हलसम्म तान्ने मात्र होइन पूर्ण सन्तुष्टि दिन सक्ने दाबी गरिन ।


सार्वजनिक भएको २ मिनेट १४ सेकेन्डको ट्रेलरमा माओवादी द्वन्द्वको प्रभाव देखाउने प्रयास गरिएको छ । ट्रेलरमा प्रकाश बनेका प्रदीप र उनको आमाको भूमिकामा रहेकी अभिनेत्री दिया मास्के हाबी देखिएका छन्। ट्रेलरमै दियाको कर्णालीको स्थानीय लवजसँगै । फिल्म ‘प्रेम गीत’मा पर्दामा प्रदीपलाई देखेका उनका फ्यानहरूका लागी प्रकाशको चरित्र सरप्राइज हुने अपेक्षा गरिएको छ।





कमेन्ट गर्नुहोस्