लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘प्रेमगीत ३’को फरक प्रमोसन स्टाईल : घरघरमा पोस्टर

IMG


तिलोत्तमा सिटी न्युज, साउन २  गते २०७९ ।  असोजको ७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘प्रेमगीत ३’को निर्माणपक्ष बल्ल जुरमुराएको छ । चलचित्र रिलिज हुन २ महिना बाँकी रहँदा यसको निर्माणपक्षले प्रचारप्रसार सुरु गरेको छ ।चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन मुम्बईबाट फर्किएलतगै प्रचारलाई तिव्रता दिइएको हो । चलचित्रको ठूलो ब्यानर विभिन्न हलमा राखेर प्रचार आरम्भ गरिएको निर्देशक सेनले जानकारी दिए । उनका अनुसार, देशैभरका हलमा यसरी नै ब्यानर राख्ने, मिडिया, सामाजिक संजाल प्रमोशन सुरु गर्ने उनको भनाई छ ।


नेपालसँगै भारतमा पनि प्रदर्शन गर्ने उद्देश्यले यो चलचित्रको प्रदर्शन मिति पछि सरेको थियो । यो चलचित्रले भारतीय बजारमा नयाँ तरिकाले नेपाली चलचित्रको ढोका खोल्ने अपेक्षा गरिएको छ । हिन्दी भाषामा समेत यो चलचित्रको डबिङ गरिएको छ । यो चलचित्रमा नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । साथमा चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय छ ।स्वर्गिय छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको यो चलचित्रमा छेतन र मन्दिप गौतमको लेखन, राजेश श्रेष्ठको छायांकन छ ।


हालसम्मकै फिल्म रेकर्ड ब्रेक गर्छ : प्रदीप खड्का  

अभिनेता प्रदीप खड्का अभिनीत दुई आशातित फिल्म ‘प्रकाश’ र ‘प्रेमगीत ३’ यसै वर्ष महिना दिनको अन्तरमा प्रदर्शन हुँदैछन् । भदौ १० गतेबाट ‘प्रकाश’ र असोज ७ गतेबाट ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छन् । यी दुई फिल्मको विषयवस्तु मात्र फरक छैन, प्रदीपको चरित्र पनि अलग-अलग छ । ‘प्रकाश’मा गाउँले युवक बनेका उनी ‘प्रेमगीत ३’मा भने रोमान्टिक अवतारमा देखिनेछन् ।यतिबेला ‘प्रकाश’को प्रचारमा दौडिरहेका प्रदीपले यो फिल्म आफ्ना अघिल्ला ७ वटा फिल्मभन्दा कमाईमा अगाडि हुने बताएका छन् । त्यस्तै, उनले ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले तोड्ने पनि दाबी गरे । उनले भनेका छन्, ‘मेरो विचारमा मैले यसअघि गरेका ७ फिल्ममध्ये ग्रसमा ‘प्रकाश’ले हाइएस्ट गर्छ । इन्डस्ट्रीको कुरा गर्ने हो भने ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले ब्रेक गर्छ ।’ 

 

‘प्रेमगीत ३’मा राजा र ‘प्रकाश’मा रैती बनेकाले दुइवटै क्यारेक्टर दर्शकले स्वीकार गरे आफ्नो लागि त्यही नै सफलता हुने उनको भनाई छ । ‘एउटा कलाकार एक महिनाको अन्तरमा राजा र रैती भएर देखिँदैछ र त्यसलाई दर्शकबाट स्वीकार हुने हो भने मेरो लागि त्योभन्दा खुशीको क्षण अरु के होला र ! तर, म मात्र खुशी भएर पनि हुँदैन, दर्शक र मेकर पनि खुसी हुनुपर्छ,’ उनले भने । लुक्सका कारण आफू दर्शकको मनमा लामो समयसम्म बस्न नसक्ने पनि उनी बताउँछन् । आवरणमा मन पराएको कुरा क्षणिक मात्र हुने उनको भनाई छ । ‘कुनै पनि व्यक्तिको विचार महत्त्वपूर्ण हो,’ उनले अगाडि भने, ‘मेरो लुक्सले म दर्शकको मनमा लामो समयसम्म बस्न सक्छु भन्ने नै लाग्दैन । त्यसैले मेरो र समाजको विचार देखिने चिजहरु भनेको क्यारेक्टरमा आधारित फिल्म हुन् ।

कमेन्ट गर्नुहोस्