लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

६३ जना फिल्मकर्मीले पाए सरकारी परिचयपत्र

IMG

तिलोत्तमा सिटी न्युज, असार १६ गते २०७९।सरकारले थप ६३ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् ।विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, रवि गिरी, राजाराम पौडेल, पवन मैनाली लगायत छन् ।आर्थिक वर्ष २०७३/७४ को कार्यविधिअनुसार फारम भरेका फिल्मकर्मीलाई परिचयपत्र वितरण गरिएको हो । यसअघि ४० जना फिल्मकर्मीलाई उक्त परिचयपत्र प्रदान गरिसकिएको छ ।साथै परिचयपत्र प्रदान गरिएका ६२ जना फिल्मकर्मीको एक लाख रुपैयाँ बराबरको बीमा समेत गरिएको छ ।



विशिष्ट चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेको सूची

१. चैत्यदेवी सिंह

२. मोहनलाल सर्राफ

३. गौरीशंकर धुजु,

४. नगेन्द्र खड्का क्षेत्री

५. अर्जुनजंग शाही

६. रवि गिरी

७. सानुकुमार ताम्राकार

८. रिदीचन्द्र श्रेष्ठ

९. राजाराम पौडेल

१०. सन्तोष पन्त

११. मञ्जिल श्रेष्ठ

१२. उज्वल घिमिरे

१३. पवन मैनाली

१४. भुवन केसी

१५. सुन्दरलाल श्रेष्ठ

१६. शिव ढकाल

१७. वीरेन्द्रनारायण श्रेष्ठ

१८. किरण केसी

१९. जुजुभाइ महर्जन

२०. जय श्रेष्ठ

२१. मदन घिमिरे

२२. प्रकाशचन्द्र सुवेदी

२३. देशभक्त खनाल

२४. नानीबाबु महर्जन

२५. उत्तम केसी

२६. अर्जुन श्रेष्ठ

२७. गोपालकाजी कायस्थ

२८. राजेन्द्र सलभ

२९. दिनेश डीसी

३०. धीरेन शाक्य

३१. आरपी पन्त

३२. हिमाल केसी

३३. सुशील पोखरेल

३४. भोला रिजाल

३५. दयाराम दाहाल

३६. वनिशविक्रम शाह

३७. नरेन्द्र महर्जन

३८. माधव थपलिया

३९. लक्ष्मणविक्रम बस्नेत

४०. कुलबहादुर महत

४१. उद्धवराज भट्टराई

४२. कमल मैनाली

४३. ज्योतिलाल राना

४४. मनोजकुमार आचार्य

४५. मुकुन्दकिशोर भट्टराई

४६. किशोरकुमार ढकाल

४७. नारायण प्रधान

४८. उत्तक द्वा

४९. शिवहरि वैरागी

५०. चिरञ्जीवी बस्नेत

५१. दीर्घ गुरुङ

५२. लव वैष्णव

५३. मनोजकुमार केसी

५४. केशवप्रसाद पण्डित

५५. रीता राना

५६. सपना श्रेष्ठ

५७. प्रदीपलाल श्रेष्ठ

५८. रामकाजी घिमिरे

५९. विकासराज आचार्य

६०. विजय देउजा

६१. ज्ञानेन्द्र देउजा

६२. मदनमान बज्राचार्य

६३. राजकुमार पोखरेल

कमेन्ट गर्नुहोस्