लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतीय गायक कृष्णकुमार कुन्नथको निधन

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १८ गते २०७९। भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो ।कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके काेलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुग्नु भएको थियो  ।


केकेले बलिउड फिल्मका धेरै गीत गाउनु भएको छ । ‘हम दिल दे चुके सनम’ ‘तडप तडप के इस दिल से’ ‘ओम शान्ति ओम’ लगायत उनका चर्चित गीत रहेका छन् । केकेको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्