लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सौगात र दीयाको रोमान्टिक ‘मन्त्र’

IMG

तिलोत्तमा सिटी, २०७८ बैशाख ४ गते । "लुट"बाट चर्चाको शिखरमा पुगेका सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’को गीत ‘तिम्रै हुँ भन्छ यो मनले’ सार्वजनिक भएको छ ।अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर समावेश गीतमा सन्तोष सुनारको शब्द तथा संगीत छ । गीतमा सौगात र नायिका दीया पुनबीचको रोमान्स चित्रण छ ।वैशाख १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मले हिमाली क्षेत्रको प्रेमकथा प्रस्तुत गर्छ । मनास्लु क्षेत्रमा छायांकन गरिएको फिल्मले त्यहाँको आञ्चलिक संस्कृतिलाई पनि चित्रण गरेको निर्देशक खिलबहादुर गुरुङले जानकारी दिए ।फिल्मले यसअघि नै ट्रेलरबाट राम्रो प्रतिक्रिया बटुलेको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा फिल्म बनेको हो ।


कमेन्ट गर्नुहोस्