लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समाचार संकलन गर्न गएका पत्रकारमाथी प्रहरीको लाठीचार्ज, कयौं पत्रकार घाईते

IMG

तिलोत्तमा सिटी, बैशाख २ गते २०७९।  समाचार संकलनको क्रममा रहेका पत्रकार तथा मिडियाकर्मी बिजय ज्ञवाली, शरणकुमार कर्माचार्य, दिनेश श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, डीबी सुस्लिङलाई बुटवलमा प्रहरीले दुर्व्यवहार गरेको छ ।रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्नेक्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले संचारकर्मीमाथि दुर्व्यवहार गरेका हुन् ।


अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा पत्रकार बिजय ज्ञवालीले समातेको माईक खोसेर फ्याँकिदिएका थिए भने अर्का पत्रकार सुस्लिङको मोवाइल खोस्दै हातपात गर्न खोज्दै घिमिरेले डिलिटको दबाब दिएका थिए । सोही क्रममा ज्ञवालीले हामी संचारकर्मी हौं झडपको फोटो खिचेको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा देखाउँदै गर्दा कसैलाई चिन्दैनौं भन्दै घिमिरे जाइलागेका थिए । उनले ज्ञवालीको कठालो समात्दै खुट्टामा लाठी प्रहार गरि घाईते बनाएका छन।


प्रदर्शनमा उत्रिएका सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै तिलोत्तमाको जानकीनगर बाट इप्रका बुटवल पुगेर नाराबाजी गरेका थिए ।त्यसक्रममा प्रहरीले प्रदर्शनकारीबीच केहीबेर झडप भएको थियो । बुधबार राति माइतीघर जानकीनगरमा रहेकी अमृतालाई पटकपटक फोन गरी घरमा बोलाएको एक घण्टा नवित्दै उनको मृत्यु भएको माइती पक्षले दाबी गरेको छ । प्रदर्शनकारीले अमृताको हत्या भएको दाबी गर्दै त्यसमा उनको श्रीमान मात्र नभएर घरका अन्य परिवार पनि रहेको दाबी गरेका छन् /

कमेन्ट गर्नुहोस्