लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ओली र प्रचण्डसँग गृहमन्त्री खाँणको भेटवार्ता

IMG

२०७८ फागुन ११,तिलोत्तमा सिटी। आज बिहान गृहमन्त्री बालकृष्ण खाँणले  सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।संसदमा टेबल गरिएको अमेरिकी सहयोगमिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्नेलगायत विषयमा विचार-विमर्श गर्न भेटबार्ता गर्नु भएको हो।  प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी प्रस्तुत भएपछि सत्तारूढ दल र प्रतिपक्षी दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ ।


गृहमन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटार र एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगी भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ ।भेटका अवसरमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसिसी अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श भएको बताइएको छ ।


कमेन्ट गर्नुहोस्