लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुई दिन स्क्रिप्ट पढेर साइन गरे अनमोलले चलचित्र ‘हनी बनी’

IMG

२०७८ माघ २७, तिलोताम्मा सिटी । सुपरस्टार अनमोल केसीले नयाँ फिल्ममा साइन गरेका छन् ।  दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’ मा उनी अनुबन्ध भएका हुन् ।फिल्म ‘ए मेरो हजुर ४’ यता उनले आधा दर्जन फिल्म साइन गरे ।  अनमोलले स्क्रिप्ट पढेको दुई दिनमा फिल्म साइन गरेका छन्। ।  फिल्ममा उनी लभर ब्वाईको भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले जानकारी दिए । फिल्मको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । यसअघि फिल्म ‘क्याप्टेन’ मा अनमोलले दीवाकरको निर्देशनमा काम गरेका थिए ।

 

अनमोल आगामी फागुन अन्तिमबाट फिल्म ‘एक्स ९’ को छायांकन सुरु गर्ने तयारीमा थिए । यसका लागि उनले शरीर बनाउन तीन महिना जिममा पसिना पनि बगाए । तर, तत्काल यो फिल्म नबन्ने भएपछि उनले ‘हनी बनी’ साइन गरेका हुन् । फिल्ममा उनको अपोजिटका लागि निर्माण टिमले अभिनेत्री खोजिरहेको छ । चाँडै अन्य कलाकारहरुको पनि टुंगो लाग्ने दीवाकरले बताए । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।‘पासवोर्ड, सम्हालिन्छ कहिले मन’ लगायतको फिल्म निर्माण गरिसकेको कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् ।

कमेन्ट गर्नुहोस्