
तिलोत्तमा सिटी,माघ १६ गते २०७८। गायक तथा संगीतकार दीपक शर्माले ‘मुना तिमी घर जाऊ’ दर्शकमाझ ल्याएका छन् । दीपकको स्वर तथा संगीत रहेको गीतमा विश्व गौडेलको शब्द छ । यो गीत केही फरक छ । गीतको भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसले निम्त्याउने घटनालाई देखाउन खोजेको छ । ऋषि बरालको निर्देशन रहेको भिडियोमा जीवी चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय छ । प्रविन घिमिरेको छायांकन रहेको भिडियोमा विनोद बमको सम्पादन छ । गीतको अडियो तथा भिडियोको प्रोडक्शन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको हो ।
कमेन्ट गर्नुहोस्