
२०७८ पुस ५, तिलोत्तमा सिटी। एउटा गाउँमा गोबिन्द र उनकीे अर्धाङ्गिनी बस्थे । गाउँमा खुब रवाफ देखाउनु पर्ने भएकाले सितिमितीले हतपती उनीहरुलाई बोलिहाल्न संकोच मान्थे । पेशाले खरीदार श्रीमती चाहिं गृहणी थिए । छिमेकी वरपर मगमग बास्ना फैलने गरी खानाहरुमा बिभिन्न थरिका मसलाहरु प्रयोग गर्थे । आफूले बनाएका थरी थरीका खानाहरु प्रत्येक दिन सामाजिक सञ्जालमा शेयर गर्ने उनीहरुको बानी थियो ।कुरो हालसालैको हो गाउँ शहर सबै बस्तीहरुमा कोरोना महामारीका कारण लकडाउनको घोषणा गरियो ।
त्यसपछि त उनीहरु झन् फुर्सदीला भए । सबै दिनहरु अनेक प्रकारका खानाका परिकारहरु बनाएर एवं रितले सामाजिक सञ्जालमा राख्ने क्रम जारीनै रह्यो । यस्तो कृयाकलाप धेरैलाई पटक्कै मन पर्दैनथ्यो । कसैले त यसरी खानाका परिकारहरु शेयर नगर्न आग्रह पनि गर्थे तर उनीहरुको जवाफ एउटै हुन्थ्यो मरिलानु के छ र ? बाँचुन्जेल मोज–मस्तीले खाने हो ।लकडाउन भएको करिब एक महिना बितिसकेको थियो बैशाख १४ गते अक्षय तृतियाको दिन यी दुइ जोडीको बिबाहको बर्षिक–उत्सव थियो । सबै मनिसहरु कोरोनाको महामारीले घरैमा बस्नु परेकाले आलस्य अनी कता जाउँ के गरौं भइरहेका थिए भने कतिलाई त छाक टार्न पनि धौ धौ परिरहेको थियो । गोबिन्दले सोही दिन छिमेकी, आफ्ना साथीभाई र नातेदारहरुलाई बिहानै देखि खानको लागी निमणत्रणा गरे ।
लकडाउनका कारण केही पाहुना उपस्थित हुन पाएनन् भने प्रायः हर्ष–उल्लासका साथ मुखमा माक्स र हातमा पञ्जा लगाई दुरी कायम गरी उपस्थित भई रमाइलोसंग उत्सव मनाए ।चैत्र ११ गते शुरु भएको लकडाउन पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण हुंदै लम्बिंदै गएपछि उनीहरुका अनाज र अन्य खानेकुराहरु संिकंदै गए । बैंकमा बचत गरेर राखेका केही रकम खानेकुराका भण्डारणका लागीनै खर्चिएर सक्कियो । यसरी पैसा पनि रित्तिंदै गएपछि उनिहरु चिन्तित हुनथाले ।
एकदिन उनीहरुकै बस्तीमा राहत बाँड्ने कार्यक्रम हुंदै थियो । उनीहरुले राहतका लागी नाम लेखाई लाइन बस्न थालेको देखेर टोल छिमेकी सबैजसोले खिसीटिउरी गर्न थाले । वाह ! अनेक परिकार बनाइ फेसबुकमा फोटो शेयर गर्ने जोडी यीनिहरुनै होइन र ? कत्तिले त यीनीहरु हुनेखाने हुन् यस्ताहरुलाई पनि राहत बाँड्यो भने निमुखाहरुको भाग खोसेझै हुन्छ भन्न थाले । उनीहरु आफूलाइ अत्तिनै अपमानित र आत्मग्लानी महसुस गर्न थाले । बल्ल तल्ल पछ्यौराले अनुहार ढाकेर राहत ल्याए । घर पुगेपछी दुबैजना निशब्द्घ भए । धेरै बेर सम्म पनि बोली फुटेन । दुइजनाले दोष कसलाई दिने ? दुबैजना टोलाउनु सिवाय केही अर्थ रहेन ।
धेरै समय पछि उनीहरु आफू यसरी एकोहोरो तडक भडक भएको पश्चाताप गर्न थाले र यही आफ्नो सत्य घटना इमान्दारी पूर्वक सामाजिक सञ्जालमा शेयर गरे । गोबिन्द र उनकी अर्धाङ्गिनीको यो वास्तविक घटना धेरैका लागी अर्ति बन्न पुग्यो भने कतिपयले खुचिङ्ग पनि भन्न थाले ।समय परिस्थिति जे जस्तोसुकै भएता पनि हामी यी जोडीका घट्नाको सार अथवा राम्रा पक्षको मात्र अनुकरण गरौं ।
कमेन्ट गर्नुहोस्