लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थानेश्वरको गजल ‘तिम्रो यादहरु’ एक प्रेम भित्रकोे पीडा

IMG

२०७८ मङ्सिर १७,तिलोत्तमा सिटी। फरक शैली र आवाजमा माधुर्यता र मिठास भरिएका, गजल गायनका कारण चर्चामा रहेका गायक, संगीतकार तथा गीतकार हुन् थानेश्वर गौतम । नेपाली गीतसंगीतले भाइरल शब्द खोजिरहेको समयमा थानेश्वरको गजलले भने प्रेमको पीडा बोल्छ। उनै, थानेश्वरको स्वर, तथा संगीतमा तयार भएको ‘तिम्रा यादहरु’ले प्रेममा असफल भएको एक प्रेमीको पीडालाई मन छुने शैैलीमा उठाएको छ ।


योे गीतमा जीवन बीकेको शब्द छ । गजल गीतको रचनामा जीवनले प्रेम भित्रको पीडा खोज्ने गरेका छन् ।यो गीतको भाव अनुसार, निर्देशक रामजी लामिछानेले भिडियो निर्देशन गरेका छन् । भिडियोमा मानकृष्ण श्रेष्ठको छायांकन, बन्दे प्रसादको सम्पादन छ । भिडियोमा रोेहन नेपाली, अल्का सुवेदी, सलिना खत्री र सुरज पोखरेलले अभिनय गरेका छन् । रामजीले कलाकारको अभिनयमा पनि गहिराई खोेजेका छन् ।



कमेन्ट गर्नुहोस्