लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘कमेडी च्याम्पियन’ को उ’पाधी भरतमणिलाइ’

IMG

तिलोत्तमा सिटी,२ अशोज २०७८। सर्बा’धिक रुपमा  दर्शकले  रुचाएको  एक मात्र शो ‘कमेडी च्याम्पियन’ सिजन -२ का  अब्ब ल प्रतिभाका खानी भरत मणी पौडेलले कमेडी  च्याम्पियन– २ को उपाधि चुमेका छन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालीमा पौडेलले नेपालकै लोकप्रिय कमेडी रियालिटी सो च्याम्पियन जितेका हुन् ।चारै तिर  खुब चर्चा कमाएका उनको समर्थकले  भरतमणिले   जित्नेछन भन्दै भोट माग्दै मोटरसाइकल र्‍याली समेत गरेका थिए। उनलाइ सामाजिक सन्जाल मार्फत  विभिन्न ब्याक्तित्वहरुले सुभकामनाको ओइरो दिइरहेका छन्। कमेडी  च्याम्पियन– २  को  उत्कृष्ट  तीन फाइनलिष्टमध्ये  २ प्रतियोगीलाई पछि पार्दै भरतमणि  पौडेल ले उपाधि चुमेका हुन्। यतिबेला सबैतिर  छाउन सफल भएका उनि मंगलबार गृह जिल्ला ताप्लेजुङ  पुगेका थिए। भरतमणिलाई  त्यहाँ  पनि भब्य स्वागत गरिएको थियो ।ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल  र्यालीसहित   फुङ्लिङ   भित्र्याएर  उनलाई नौमति  बाजा  र बिभिन्न  कल्चरल    भेषभूषाम सजिएका जिल्लावासीले  उनलाई  बजार  परिक्रमा गराएका थिए ।




र्यालीमा  भरतमणिलाई ‘ कमेडी  च्याम्पियन २’को विजेता बनाउन भोट  गर्न अपिल  समेत गरिएको थियो ।यति मात्र कहाँ हो र सामाजिक  संजालमा  समेत भरतमणिको चर्चा राम्रो छ । उनले चर्चित नेता गोकुल बास्कोटा, योगेश भट्टराई र पछिल्लो समय दिएको पूर्व युवराज पारस शाहको गेटअपको सबै तिर तारिफ भएको थियो। उनले उपाधि सहित २५ लाखको चेक तथा एउटा कार उपहार पाएका छन् , त्यस्तै फस्ट रनरअप बनेका विक्की अग्रवालले मोटरबाइक र सेकेन्ड रनरअप  सन्तोष थापाले स्कुटि उपहार पाएका छन्। उनीहरुलाई बरिष्ठ कलाकार हरिबंश आचार्य, मदन कृष्ण श्रेष्ठ, कान्तिपुर टेलिभिजनका दिनेश डिसि, कमेडी च्याम्पियनका जज सन्तोष पन्थ, मनोज गजुरेल, प्रदिप भट्टराईले स सम्मान उपहार प्रदान गरेका थिए। भरतलाई अघिल्लो सिजनका बिजेता हिमेश पन्त लगायतले पनि बधाई दिएका थिए ।


कमेन्ट गर्नुहोस्