लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रिजर्भिङ्गमा ब्युटी क्विन उपासना

IMG

तिलोत्तमा सिटी, ३१ भदौ २०७८। नायिका उपासना सिंह ठकुरीलाई लिएर केही निर्देशकले लकडाउनपछि म्युजिक भिडियो बनाउन नचाहेका होइनन् । उपासना नेपाली चलचित्रमा पछिल्लो पुस्ताकी सबैभन्दा बढी माग भएकी नायिका हुन् । २ वटा चलचित्रमा काम गरेपछि उपासनाको माग बढेको थियो । उनको हातमा २ वटा चलचित्र छन्, जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन सकिएको छ भने ‘मिरर’को छायांकन सुरु भएकै छैन ।



नेपाली चलचित्रका अधिकांश कलाकारहरुले आफूलाई रिजर्भ राख्न नसक्दा स्टारडम कमजोर बनाइरहेका छन् । अझ, लकडाउनयता त अधिकांश नायक–नायिका सार्वजनिक रुपमा यति धेरै देखिए कि, दर्शकलाई उनीहरुमाथि कुनै रहस्य नै बाँकी छैन ।तर, केही थोरै मात्र कलाकारले त्यो रहस्यलाई बचाएका छन् । यसमै पर्छिन् उपासना सिंह ठकुरी ।सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै फ्यानलाई आफ्नो बारेमा जानकारी दिने उपासना सार्वजनिक रुपमा र मिडियामा पनि निक्कै कम देखिने नायिका हुन् । यसैले, पनि उनलाई चलचित्रमा नै हेर्न दर्शकहरु उत्साहित हुने गरेका छन् । ‘क्याप्टेन’ डेब्यू नायिकाको ‘कबड्डी कबड्डी कबड्डी’ ब्लकबस्टर भएको थियो ।

कमेन्ट गर्नुहोस्