
तिलोत्तमा सिटी, २६ भदौ २०७८। पोखरामा असोज २ गतेदेखि संचालनमा आउन लागेको ए डिभिजन राष्ट्रिय फुटसल लिगमा रुपन्देही तिलोत्तमाको २ क्लब चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र टर्नपाइक इभेन्टको प्रायोजन तथा व्यवस्थापनमा पहिलो पटक हुन लागेको राष्ट्रिय फुटसल लिगमा लुम्बिनी प्रदेशबाट २ वटा टिम सहभागी हुँदै छन् । उक्त खेलको लागि सहभागी हुने लुुम्बिनीका २ टिम रुपन्देहीका झरना स्पोर्टस क्लब र लुम्बिनी फुटसल रहेका छन् ।खेलको मिति नजिँकिए सँगै रुपन्देहीको झरना स्पोर्टस क्लबका खेलाडीहरु अभ्यासमा व्यस्त रहेको अध्यक्ष लोक पुनले बताएका छन् । गत जेठमा हुने भनिएको खेल कोरोना महामारीले गर्दा असोजमा सारिएको हो । खेलको मिति लम्बिएपछि खेलाडीहरुलाई सिकाईमा प्रशस्त समय व्यवस्थापन मिलेको क्लबका कोशाध्यक्ष धनेंद्र पौडेलले बताए ।
राष्ट्रिय फुटसल लिगको लागि खेलाडीहरु तयार रहेको पौडेलको भनाई छ । ‘खेल गत जेठमा हुने भनिएको थियो, त्यतिखेर हामिसँग समय थिएन, खेलाडीले राम्ररी प्राक्टिस गर्न पाएका थिएनन् तर अहिले पछि समय लम्बिएपछि सिकाइ प्रक्रियालाई अझ मजबुत बनाउन हामीलाई फाईदा भयो ।’ उनले नजिकका खेलाडी घरबाट आउने जाने भइरहेको र टाढाका खेलाडीहरुलाई बासको व्यवस्था मिलाइ खेलका लागि तयार रहन सक्दो कोसिस गरेको बताए ।खेलको लागि झरना स्पोट्र्स क्लबका १४ जना खेलाडीले प्रशिक्षण लिइरहेको कोच निर्मल थापाले बताए । उनले दैनिक समय समयमा प्रशिक्षण दिईरहेको बताए । पहिलो पटक झरना स्पोर्टर्स क्लबले राष्ट्रिय लिगमा सहभागी हुन पाउने गौरभको विषय रहेको उनको भनाई छ । उनले जित्छौं भन्ने उद्धेश्यका साथ तयारी गराइरहेको बताए । ‘राष्ट्रिय लेभलमा खेल्न पाउँनु यो गौरभको कुरा हो । हार्छौ वा जित्छौं अनुमान गर्न सकिदैन।’ उनले भने, ‘लक्ष्य भनेको जित्ने नै हो, यदी कारण बस हार्न पुगेछौं भने यो हाम्रो लागि अनुभव पनि हुनेछ ।’
कमेन्ट गर्नुहोस्