लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वकप फुटबलको तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्यान्ड खेल्दै

IMG

विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् ।यो खेल अमेरिकाको मियामी रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने ३ बजे शुरु हुनेछ। सेमिफाइनलमा स्पेनसँग २–० गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग २–१ ले पराजित इंग्ल्यान्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन् ।


यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने ‘गोल्डेन बुट’ को होडमा फेरबदल ल्याउन सक्छ । फ्रान्सका किलियन एमबाप्पे र उस्मान डेम्बेले तथा इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घमले सेमिफाइनलबाट बाहिरिए पनि गोल्डेन बुट जित्ने सम्भावना कायमै राखेका छन् ।यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एम्बाप्पे समान आठ–आठ गोलसहित संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।


तर प्रतियोगितामा असिस्टका कारण मेसी अहिले गोल्डेन बुटको दौडमा अगाडी छन् । विश्वकपको उपाधिका लागि भोलि आइतबार मध्यराति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच खेल हुनेछ । 

कमेन्ट गर्नुहोस्