
तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध गुल्मीको रिडी रुद्रवेणी सडक सञ्चालनमा आएको छ । शुक्रबार यो सडक खण्डको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–२ साघुरेमा ढुङ्गा र माटोसहितको पहिरो खसेको थियो । अवरुद्ध बनेको सडक शनिबार दिउँसोबाट सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका हवल्दार जगत खनालले बताए ।पानी निरन्तर रुपमा परिरहेका कारण पहिरो पन्छाउन ढिलाइ भएको थियो । पहिरो खसिरहेको स्थानमा बुटवलदेखि रुद्रवेणीतर्फ जाँदै गरेको ध १ च १४६ नम्बरको जीप अड्किएको थियो । स्काभेटर प्रयोग गरेर सुरक्षित स्थानमा निकालिएको छ ।रिडी रुद्रवेणी सडक जिल्लाकै व्यस्त मानिन्छ । सोही सडक भएर गुल्मी जिल्ला र छिमेकी जिल्ला बाग्लुङसम्म जाने सवारी साधनहरु जाने गर्दछन् ।
कमेन्ट गर्नुहोस्