लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

के अनमोल आज्ञाको प्रेममा छन् ?

IMG

असार १२ गते शनिबार २०७८ तिलोत्तमा सिटी। नायक अनमोल केसीको प्रेम चर्चा नेपाली चलचित्र क्षेत्रका लागि नयाँ भने होइन । किनकी, अनमोल जुन चलचित्रमा काम गर्छन् उनको नाम सोही चलचित्रकी नायिकासँग जोडिन्छ । उनको प्रेम ‘जेरी’ नायिका आना शर्मासँग रहेको बताइन्छ । तर, दुबैले प्रेम स्विकार गरेनन् । यसपछि, विभिन्न नायिकासँग अनमोलको नाम जोडिएपनि उनले स्विकार भने गरेका छैनन् ।यसैविच, पछिल्लो समय अनमोलको नाम एक मोडलसँग जोडिएको छ । केही म्यूजिक भिडियो, विज्ञापन र छोटा चलचित्रमा काम गरेकी आज्ञा कारन्जितसँग अनमोलको नाम जोडिएको छ ।


उसो त, अनमोलले पनि आज्ञालाई आफ्नो साथी मात्र भन्दै आएका छन् । तर, आज्ञाले भने अनमोलसँगको विभिन्न तस्वीर पोष्ट गर्दै प्रेमको चर्चालाई थप बल पुर्याउने काम गरिरहेकी छिन् ।अनमोलको जन्मदिनका दिनमा आज्ञाले ‘विशेष मान्छेको विशेष दिन’ भन्दै अनमोलसँगको तस्वीर पोष्ट गरेकी थिइन् । उनले लेखेकी थिइन्–‘तिम्रो ठूलो दिन जती विशेष छ, त्यती नै विशेष तिमी मेरो लागि छौं, अकु ।’अनमोललाई उनले ‘अकु’ भन्दै सम्बोधन गरेको देखिन्छ । अनमोल र आज्ञा एकसाथ दार्जिलिङ समेत पुगेको खबर केही समय अगाडि सार्वजनिक भएको थियो ।


यसले पनि उनीहरुविच प्रेममा रहेको चर्चालाई मलजल पुगेको छ ।उसो त, मिडियामा आज्ञाले अनमोलसँग ‘पारस’ नामक चलचित्रमा काम गर्न लागेको चर्चा पनि चलेको थियो । तर, निर्माता भूवन केसीले ‘पारस’का लागि नायिका छनोेट गरिसकेका छन् । ‘पारस’की नायिकाको बारेमा विस्तृत जानकारी हामी केही दिनमै सार्वजनिक गर्नेछौ ।

कमेन्ट गर्नुहोस्