लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कसरी भयो माेडल निशा घिमिरेको यस्तो अवस्था ?

IMG

जेष्ठ २७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी।विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी निशा घिमिरे अहिले जीवन मरणको दोसाँधमा छिन्। उच्च शिक्षा अध्ययनको क्रममा भारत भएको वेला सवारी दुर्घटनामा परेकी निशाको उपचारमा अहिले आर्थिक समस्या परेको परिवारका सदस्यले जनाएका छन् ।कलाकारसंघका उपाध्यक्ष रेजिना उप्रेतीले निशाको बिरामी अवस्थाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन् ‘नेपाली कला क्षेत्रमा जम्दै गरेकी एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा निःशब्द छु ।’ साथै उनले आर्थिक सहयोगका लागि आग्रह पनि गरेकी छिन् ।


निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दुर्घटना भएपछि त्यहाँ प्रारम्भिक उपचार गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।राजुले हालसम्म निशाको उपचारमा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । ‘सुरुमा छोरीको उपचारका लागि आर्थिक सहयोग पनि प्राप्त भइरहेको थियो । पछि हामी आफैंले पनि उपचार गर्यौ’, उनले भने ।घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।


कमेन्ट गर्नुहोस्