
जेष्ठ २५ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले रुपन्देही क्षेत्र नम्बर १ को आफ्नो बैठक आज सप्पन्न गरेको छ । बैठकले निम्न बिषयहरुमा छलफल गरि निर्णय गरेको छ ।
१) कोरोना महामारीमा कोभिड संक्रमितहरुलाइ गर्नुपर्ने सहयोग गरेकै छौ ,थप ब्यबस्थित सहित क्षेत्र मा एक युनिट गठन,यस क्षेत्र अन्तरगतका पालिका ,शाखा टोल कमिटी सम्म युनिट बनाइ सहयोगमा लाग्न पार्टी बैठकले निर्देश तथा अनुरोध ।
२) महामारी को बिचमा दु:खद निधनहुने हुने हरु प्रती हार्दिक श्रद्धाञ्जली साथै घरपरिवार आफन्तजन प्रती गहिरो समबेदना ।उपचाररत सबैको स्वास्थ लाभको कामना।
३) बिकाश निर्माण का योजना हरुको बारेमा रिपोर्टिङ को समग्ररुपमा अध्यन गर्दै थप अनुगमन सहित आयोजना हरु सफल पार्न केन्द्रित हुने निर्णय बैठक ले गर्यो।साथै लुम्बिनी प्रदेश सदस्य हाम्रो पार्टी रुपन्देही जिल्ला सचिवालय सदस्य तथा माननीय दिपा विक को बिकास निर्माण र बिकाशका आयोजना प्रती उहाँको सक्रियता प्रती धन्यवाद ज्ञापन गरेको छ।
४) स्थानीय पालिकाहरुमा नदिजन्य उत्खनन ,दलालिप्रती घोर भरत्सना गर्दै तुरुन्तै रोक्न बैठक ले सरकारी पक्ष सङ्ग अनुरोध गर्दै क्षेत्र ,पालिकामा प्रतिगामी कदम बिरुद्द र प्राकृतिक श्रोत र साधन प्रतिको दोहनको बिरुद्द सबै राजनीतिक दलहरु सङ्ग सहकार्य गरेर भन्डाफोर गर्ने निर्णय बैठक ले गरेको छ।
कमेन्ट गर्नुहोस्