लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘मेरो प्यारो ओखलढुंगा’ अब भिडियोमा

IMG

जेष्ठ १३ गते बिहिबार २०७८ तिलोत्तमा सिटी।युगकवि सिद्धिचरण श्रेष्ठको शब्दरचना तथा स्वरसम्राट नारायण गोपालको संगीत–स्वर रहेको बहुचर्चित 'मेरो प्यारो ओखलढुंगा' गीतको भिडियो तयार भएको छ ।युगकविको ११०औँ जन्मजयन्तीका अवसरमा आइतबार उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा बनाइएको म्युजिक भिडियोको निर्देशन दिनेश डिसीले गरेका हुन् ।


प्रतिष्ठानका अनुसार भिडियोमा युगकविका बारेमा अध्ययन गर्न चाहने दुई विद्यार्थीले उनको जन्मस्थलसम्म गरेको यात्रालाई प्रस्तुत गरिएको छ । सात मिनेट लामो गीतलाई सत्य नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।सुरेश घिसिङले खिचेको भिडियोमा कलाकार समीक्षा पोखरेल, महेश खड्कासहित स्वयं निर्देशक डीसीको अभिनय छ । तीन वर्षअघि खिचिएको भिडियो आइतबार सार्वजनिक गरिएको हो ।





कमेन्ट गर्नुहोस्