लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका युवा लक्ष्मण गौतम राहत लिएर विपन्न परिवारको दैलोमा

IMG

जेष्ठ १२ गते बुधबार २०७८ तिलोत्तमा सिटी।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी देशमा निषेधाज्ञा जारी छ,जसका कारण कुनै मानवीय क्रियाकलाप सौहार्द रुपमा सुचारु हुन सकेको छैन् ।दिनमा काम गरेर साँझ छाक टार्ने अति विपन्न परिवारमा चुलो बोल्न छाड्दै गएको छ ।कत्तै रोगले भन्दा पनि भोकले ति विपन्न परिवारले अकालमा ज्यान गुमाउनुपर्ने त होइन भन्ने चिन्ता र भिभिर्को उब्जीएको छ । रुपन्देहीका विभिन्न स्थानीय तहमा अति विपन्न परिवारले खाधन्नको याचना गर्न थालिसकेका छन् ।सरकार यसप्रति संवेदनशिल बन्न नसक्दा भोकले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन थालिसकेको छ ।


तर,अति विपन्न परिवारको दैलौमा एक युवा समाजसेवी खाद्यन्न बोकेर जनता बचाउने अभियानमा लागेका छन् । तिलोत्तमा नगरपालिका वडा न.६मणिग्राम बस्ने वर्ष ४१का मनकारी लक्ष्मण गौतम यतिबेला अति विपन्नपरिवारको घरदैलोमा राहत स्वरुप खाधन्न वितरण गर्दै हिडेका छन् ।“सेवा नै धर्म,बुझ्नुपर्छ गरिबको मर्म”भन्ने सोचका साथ युवा समाजसेवि लक्ष्मण आफनै खर्चमा विपन्न परिवारलाई उनीहरुकै घरमा खाधन्न पुर्योउदै हिडेका छन् ।एकहप्ता पहिले देखि अति विपन्न परिवारको घरमा खाधन्न वितरण गर्न सुरु गरेका लक्ष्मणले हाल सम्म सियारी गाउँपालिकामा १० घरपरिवार,तिलोत्तमा नगरपालिकामा १२ घरपरिवार,बुटवल उपमहागरपालिकामा १० परिवार,सैनामैना नगरपालिकामा ६ घर परिवार लगायत विभिन्न स्थानमा १० घरपरिवारलाई खाधन्न सहयोग गरिसकेका छन् ।अतिविपन्न परिवारलाई चामल,दाल,तेल,नुन,आलु,प्याज लगायत गरि प्रतिघर रु.२ हजार मुल्य बराबरको खाधान्न सामाग्री वितरण गरेका हुन् ।




भोकका कारण जनताले मृत्युवरण गर्न नपरोस भन्ने उदेश्यका साथ जनता बचाउने अभियानमा लागेको सामाजिक अभियान्ता लक्ष्मण गौतमले बताएका छन् ।आफनै खर्चमा अति विपन्न परिवारलाई बचाउन आफु लागेको भन्दै सबैको साथ र मानवीयता देखाउन अपिल समेत गरेका छन् ।रुपन्देहीका करिब ३ सय अति विपन्न घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेको गौतमले बताएका छन् ।राहतले केही दिन गुजारा चल्ने बताए ।रुपन्देहीका क्षेत्र नम्वर १ (ख),सुद्दोधन,भैरहवा,देवदह,भलवारी लगायत स्थानमा खाद्यन्न वितरण गर्ने उनले बताए ।जनता बचाउनु भन्दा पनि सत्ताका लागी जनप्रतिनिधि लिप्त रहेको भन्दै यो मानवीय कार्यमा सवै लाग्न आग्रह गरेका छन् ।राहत सामाग्री पाएसंगै केही महिना आफनो दैनिकी चल्ने ति अति विपन्न परिवारले बताएका छन् । जनताको सारथी बनेको भन्दै प्रशंसा र धन्यवाद गौतमलाई ज्ञापन गरेका थिए । साथै,ति परिवारले थप गुजारा चलाउन सहयोगको याचना गरेका छन् ।

कमेन्ट गर्नुहोस्