लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कमेडियन आदर्श मिश्रालाई पितृशोक

IMG

जेष्ठ ११ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रालाई पितृ शोक परेको छ । उनका पिता विनोद मिश्राको उपचारका क्रममा निधन भएको हो ।बिनोदलाई मिर्गौलाको समस्या थियो ।विनोद बाराको जीतपुरस्थित नगौल निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन् ।आदर्शले केही दिन ट्वीट गर्दै मृगौला दाता भारतीय भएकै कारण प्रत्यारोपण नभएको बताएका थिए ।


उनको आमा भारतीय भएको र उनको बुवालाई उनकी मौसी (विनोदकी जेठीसासु)ले मृगौला दिन तयार हुँदा मृगौला दाता भारतीय भएका कारण नमिल्ने भन्दै शिक्षण अस्पतालले फिर्ता पठाएको उल्लेख गरेका थिए ।आज बिहान मात्रै आदर्शले आफ्नो बुवा गुमाउन नचाहेको र नेपाल सरकारविरूद्ध  मुद्दा दर्ता गर्न चाहेको ट्वीट गरेका थिए ।उनले दाता भारतीय भएकै कारण मृगौला प्रत्यारोपन गर्न नदिएको आरोपमा मुद्दा हाल्ने जनाएका थिए । आदर्शले ट्वीटमा प्रदेश-२ का मुख्य न्यायधिवक्ता दीपेन्द्र झालाई मेन्सन गर्दै सहयोगको अपील समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्