
आइतबार २६ बैशाख, २०७८ तिलोत्तमा सिटी। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोविड-१९ को दोश्रो लहरले नेपाल पनि आक्रान्त भएको अवस्थामा स्कुल अफ डेमोक्रेसीले डाक्टरहरुको समुहसंग समन्वय गरेर टेलिफोन मार्फत २४ सै घण्टा निशुल्क परामर्श दिने व्यवस्था गरेको छ ।यसैगरी दीर्घकालीन रोगबाट संक्रमित वा अन्य कुनै रोगको समस्या भएमा सो अनुसारको विषेशज्ञको परामर्श प्रवाह गरेर रोगले पिडामा परेका जनता लाई स्वास्थ्य सम्बन्धी आवशय परामर्श अभियान संचालन गरेरिएको कुरा स्कुल अफ डेमोक्रेसी ले जनाएको छ।साथै स्कुल अफ डेमोक्रेसीले २४ सै घण्टा उपलब्ध हुने हटलाईन नम्बर ९८६४४८३०२६ को पनि व्यवस्था गरेको छ।
हटलाइनको समेत ब्यबस्था गरेर बिरामी ले घरघरमा फोन मार्फत चिकित्सक परामर्श लिनसक्ने हाम्रो यस सानो प्रयासले corona विरुद्धको लडाइँमा सहजता मिल्ने अपेक्षा गरेको र महासंकटका वेला राजनीति लाई समाजसेवा संग जोडने उद्देश्य रहेको कुरा काँग्रेस नेता समेत रहेका स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिह महराले बताउनुभयो ।आगामी दिनमा थप चिकित्सकहरु जोड्दै जाने र विदेशमा रहेका शाखा मार्फत पनि थप बिशेषग्य चिकित्सक यो अभियानमा जोडने योजना अभियानको छ।आम सर्वसधारणलाई कोरोना विरुद्ध अपनाउनु पर्ने उचित सावधानी, विश्वभर कोरोना्ले पारेको असर र उपचार लगायत आवश्यक परामर्शको प्रबन्ध गरेको स्वास्थ्य संयोजक डा. नरेश भट्टको भनाई छ ।
कमेन्ट गर्नुहोस्