लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्व रेडक्रस दिवसको सन्दर्भमा रक्तदान

IMG

आइतबार २६ बैशाख, २०७८ तिलोत्तमा सिटी। विश्व रेडक्रस दिवसको सन्दर्भ पारेर नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुपन्देहीले संयुक्त रुपमा रक्तदान गरेका छन् । रक्तसञ्चार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । भिडियो संवादका माध्यमबाट कार्यक्रमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले स्वयमसेवी रक्तदाता समाजको योगदानको कारण नै रगत तथा रक्ततत्वको सहज आपूर्ति भएको बताउनु भयो । त्यस्तैगरी उहाँले विश्वभर फैलिएको कोरोना भाईरस महामारीको विषम परिस्थितीमा पनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर रक्तदान कार्यक्रमलाई नियमित बनाउन आग्रह गर्नुभयो ।


नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासले रेडक्रसको इतिहास र यसको भूमिकाको बारेमा प्रष्ट्याउनु भएको थियो । स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन कोषाध्यक्ष दिपेन्द्र भण्डारीले गर्नुभएको थियो भने महासचिव उदयराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

कमेन्ट गर्नुहोस्