
आइतबार २६ बैशाख, २०७८ तिलोत्तमा सिटी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो । यसअघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएकाे थियाे । तर, मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएका थिए । राजीनामापछि बहुमत दलका आधारमा भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री निवासमै गएर अबिश्वासका प्रस्ताव बीच पुनः मुख्यमन्त्री नियुक्त गरेर सपथ खुवाएका थिए।
कमेन्ट गर्नुहोस्