
शनिबार २५ बैशाख, २०७८ तिलोत्तमा सिटी। विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ ले लुम्विनी प्रदेशमा पारेको प्रभावले आफु निकै गम्भिर र चिन्तित बनाएको लुम्विनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनाएका छन ।उनले जनसमुदायको जीवनसंग प्रत्यक्ष जोडिएको महामारीको संवेदनशील घडीमा राजनीतिक मत भिन्नतालाई बिर्सेर सामूहिक प्रयत्नका साथ सामना गर्न सबै राजनीतिक दल, सरकार, नागरिक समाज र जनसमुदायमा अपिल समेत गरेको छन। लुम्विनी प्रदेश सभा सदस्य वरालले एक अपिल जारी गदै कोभिड संकट गहिरिदै जादा प्रदेशमा स्वास्थ्य संकटकाल घोषणा गरि नीतिगत स्पष्टता ल्याउन सरकारलाई सुझाव समेत दिएका छन ।
‘महामारीको समाधानको लागि गर्नु पर्ने खरिद, निर्माण लगायतका काममा पारदर्शिता अपनाउंदै तत्काल सम्वोधनको लागि आवश्यक पर्ने कानुनी, नीतिगत र बजेटको समस्या समाधानको लागि प्रदेश सरकारको तर्फबाट प्रदेश स्वास्थ्य संकटकाल घोषणा गरि नीतिगत स्पष्टता ल्याईयोस् ।’ जारी अपिलमा उल्लेख छ । संक्रमित विरामीको उपचारको लागि स्वास्थ्यकर्मीको अभाव रहेकाले तत्काल जनशक्ति थप गर्न र कोभिड महामारी विरुद्धमा खटिएका सबै तहका फ्रण्टलाईनर स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता वा अन्य यस्तै प्रकारका कार्यक्रम घोषणा गरी स्वास्थ्यकर्मीको मनोबल बढाउने प्रदेश सरकारको ध्याकर्षण गरिएको छ ।सबै सरकारी अस्पतालमा केभिड विरुद्धको सेवा विस्तारको लागि यस अघि बिनियोजित बजेट खर्च भए ÷ नभएको स्थलगत अनुगमन गरी प्राविधीक कठिनाई भए (लेखा कर्मचारी, खरीद जटिलता आदी) तथा जनशक्ति व्यवस्थापन समस्या, समन्वयको अभाव, नेतृत्व र जिम्मेवारी आदि स्पष्ट पार्दै तत्काल उचित व्यवस्थापन गर्न केही मेडिकल कलेज वा ठूला निजि अस्पताललाई आवश्यक मात्रामा कोभिड अस्पतालमा रुपान्तरण गर्न समेत पुर्व मन्त्री वरालले सुझाव दिएका छन ।
स्वास्थ्य क्षेत्रमा कार्यरत सबै गैरसरकारी संघ, संस्था र नागरीक समाजलाई एकिकृत योजना अन्तरर्गत जनचेतना, कन्ट्याक्ट ट्रेसिङ्ग, आइसोलेसन, एम्बुलेन्स, अक्सिजन आदि व्यवस्थापन गर्न तथा स्थानीय सरकार, स्थानीय प्रशासन र प्रदेश स्वास्थ्य मन्त्रालय विचमा उचित सम्पर्क संयन्त्र निर्माण गरी क्रिटिकल बिरामीलाई मात्र तत्काल अस्पताल ल्याउने र सेल्फ वा होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई निरन्तर हेरचाह काउन्सीलिङ गर्ने तथा प्रदेश भित्र र प्रदेश वाहिरका अस्पतालको चुस्त रेफरल सिस्टम निर्माण गर्न, स्थानीय तहमा पर्याप्त मात्रामा स्वास्थ्यकर्मी सहितको आइसोलेसन सेन्टर विस्तार गर्न उनले जोड दिएका छन । अपिलमा अस्पतालबाटै कोभिडको थप संक्रमण हुन नदिन अस्पतालहरुको निरन्तर डिस्इन्फेक्सन गर्ने, शवको तत्काल व्यवस्थापन गर्न व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
पुर्व मन्त्री वरालले संकटको यस घडीमा दृढतापुर्वक खटिरहेका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई म पुनः सम्मान प्रकट गरेका छन । उनले निरन्तर खटिइरहनु हुनेछ भन्ने विश्वास समेत व्यक्त गरेका छन । आफनो तर्फबाट आवश्यक र सम्भव सबै योगदान गर्न निरन्तर प्रयन्तशील रहने उनले प्रतिवद्धता व्यक्त गरेका छन । कोभिडबाट प्रभावित सबै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दे उनले सबै मृतकप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण र आफन्तजनमा समवेदना व्यक्त गरेका छन ।
कमेन्ट गर्नुहोस्