
२४ बैशाख, २०७८ तिलोत्तमा सिटी। दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढ्ने क्रम दिनदिनै जारी छ । शुक्रबार ९ हजार १९६ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ९ हजार १९६ नयाँ संक्रमित थपिएका हुन् । २० हजार ४८२ जनाको परीक्षण गर्दा यति ठूलो संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।संक्रमणबाट निको हुनेको संख्या २४ घण्टामा २९०४ रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ५० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ३ हजार ५७९ जनाको मृत्यु भैसकेको छ ।मन्त्रालयका अनुसार होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी ७८ हजार ६२९ पुगिसकेका छन् ।
कमेन्ट गर्नुहोस्