लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौतमबुद्ध मुटु अस्पतालले लिन्छ, काठमान्डौ बिरामी पुर्याएको ४० हजार

IMG

तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। देश अहिले महामारीको चपेटामा छ।  सबैको पेशा अहिले ठप्प छ।  तर स्वास्थ्य क्षेत्र संचालन गर्ने पर्ने बाध्यता छ।  त्यसमा पनि कोभिडको बिरामी ले अहिले अस्पताल चापाचाप छ।  त्यसमा २२ वटा एम्बुलेन्स संचालनमा ल्याएको प्रदेशमा बिरामीले अफ्ठ्यारो स्थिति आएर फोन गर्दा भाडाको बार्गेनिङ्ग अनि कोरोना संक्रमित भन्ने बित्तिकै बाहिर जिल्लामा छु, पेट्रोल छैन, मा आफै कोरोना संक्रमित भएर घर बसेको छु , मा भ्याउदिन अहिले अर्कोलाई भन्नु न , जस्ता जवाफ आउछ।  तथापि बिरामीले त्यो कुरा बुझेर पैसा धेरै दिने बाचा गरि मृत्युलाई पैसामा किन्न खोज्छ। अत्यन्त मर्माहत यो दृश्यले अहिले धेरैका घर छोइरहेको छ। हो महामारीका बेला सबै सिरक्षित हुनुपर्नेमा दुइ मत छैन तर सुरक्षित हुने भन्दैमा अरुलाई असुरक्षित बनाउनु मानवता भने अवश्य होइन।  


बिहिबार एउटा एम्बुलेन्स भाडाको बिलले कोरोनाको बीच बुटवल र सामजिक संजाल निकै तात्यो।  त्यो बिल थियो , गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको।  जहा ६० हजारको भाडाको बिल थियो।  एक व्यक्तिले मलाइ भाडा यति लियो लासरी बाच्ने भन्दै त्यो बिल सामाजिक संजालमा राखे। त्यो बिल एकाएक भाइरल भयो धेरैले राख्न थाले।  त्यसका तल विभिन्न खाले नकारात्मक धेरै तर सकारात्मक केहि टिका टिप्पणि आउन थाले।  त्यसको केहि घण्टा पछि सो अस्पतालका अध्यक्ष एजाज आलमले आफ्नो सामाजिक संजालमा स्टाटस राखी त्यसलाई जवाफी पठाए।  


उनले ६० हजारको त्यो बिल अघिल्लो बर्षको भएको र अहिले सारा खर्च सहित ४० हजार लिने गरेको स्वीकार गरेका छन्। उनले अघिल्लो बर्षको बिलमा टिपेक्स लगाएर मिति उल्लेख गरिएको भाग छोपिएको बताएका छन्। आइसीयु र सिसियु सहितको एम्बुलेन्स सेवाको खर्च बुटवल बाट काठमान्डौ सम्मको सो रकम रहेको आलम को भनाइ छ। उनले सो स्टाटसमा हेलिकोप्टरको भाडा समेत उल्लेख गर्दै ६ लाख सम्म पुर्याएका छन्।  उखान राख्दै उनले "कुखुराको ज्यान गयो खाने लाइ स्वाद छैन" समेत लेखेका छन्।  


तर नेपाल सरकारको एम्बुलेन्स सेवा संचालन निर्देशिका बमोजिम सुशासन ऎन २०६४ को दफा ४५ ले दिएको संसोधन २०७३ अनुसार भाडादरमा छुट सहित या नि:शुल्क सेवा समेत दिनुपर्ने उल्लेख छ।  तथापि ब्यबसायिक हिसाबले नाफा कमाउन राखिने त्यस्ता एम्बुलेन्सले न्युनतम प्रति किलोमिटर ४५ रुपैया मात्र छ। त्यसमा बुटवलदेखि काठमान्डूसम्मको यात्राको पर्न आउने रकम मात्र ११ हजार ४ सय ७५ हुन्छ , आलमले भने अनुसारको सबै शुल्क १२ हजार जोड्दा लगभग २३ हजार ५ सय होला।  तथापि सिधा हेर्दा बिलको रकम समेत महामारीमा उर्लदो हुन आउछ।  तर यहि रकम मा समेत जान नमान्ने चालकहरु अस्पतालले किन राखेको छ।  चालक परिचारिका र बिरामी तथा कुरुवाको समेत बिमा गरिएको छ कि छैन भन्ने कुरा पनि बुझ्नु आवश्यक छ। जे जस्तो भएपनि महामारी घन्टी बजाएर आउदैन तसर्थ यस्तो बेला सामुदायिक अस्पतालले ब्यबसायिक नाफा कमाउने भन्दा पनि सेवामुलक तरिकाले भाडादर एम्बुलेन्समै लेखेर सार्बजनिक गरि बिरामी बोकेको खण्डमा आम मानिसहरु थप उपचारका लागि पैसाको त्रासले मर्नु पर्थेन कि ? 

कमेन्ट गर्नुहोस्