
तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। आफुलाई भोट दिएर जिताएका नागरिक नै सर्वेसर्वा हुन् भन्ने तथ्यलाई अहिले स्थानिय तहले अंगालेको देखिन्छ। कहिँ आफै चढेको गाडी संक्रमितलाई दिएर हुन्छ, कि कहिँ अक्सिजन र भेण्टिलेटरको ब्यबस्था गरेर हुन्छ, त कहिँ नगरभित्रका संक्रमितका घरै गएर औषधि बाडेर हुन्छ, विभिन्न खाले रचनात्मक सेवक काम गरेर अहिले पालिकाहरु चर्चामा आएका छन्। त्यसो त रुपन्देहीको देवदह नगरपालिकाले नगरबासीको सुविधाका लागि कोरोना स्वाब नगरपालिका बाट लिने र परीक्षणलाई निःशुल्क गरिने नगरपालिकाले जनाएको छ।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै संक्रमणको लक्षण देखिएकाहरूको परीक्षणलाई निःशुल्क गरिनेदेवदहका नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।२० देखि ४० बेडसम्मको अक्सिजनसहितको आइसोलेसन र कम्तीमा ५ बेडसम्मको आइसियु सञ्चालनमा ल्याउने गरी देवदह मेडिकल कलेजले काम गरिरहेको नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।नगरमा अक्सिजनसहितको २० बेडको आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ ।भने कोरोना महामारीको दोस्रो लहरसँगै देवदहले वडा नम्बर ७ मा रहेको मगर समाजको भवनमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको हो ।
संक्रमणको अवस्था दिनानुदिन बढिरहेको र हाल देवदहमा सक्रिय संक्रमित बढ्दै गएकाले संक्रमणलाई थप फैलिन नदिन जारी निषेधाज्ञा कडाइसाथ पालना गर्नसमेत नगरबासीलाई हिराबहादुर खत्रीले आग्रह गर्नु भएको छ ।जटिल समस्या देखापरेका संक्रमितको उपचारमा आवश्यक सहजीकरण गरिरहेको र अक्सिजन अभावको पछिल्लो अवस्थालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरणका लागि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन गरिएको नगरप्रमुख खत्रीले बताए ।‘नगरबासीको जीवन रक्षाका लागि जस्तोसुकै चुनौतीको सामना गर्न नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भयो।
कमेन्ट गर्नुहोस्