
तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।छातीमा समस्या देखिएपछि बिहीबार बिहान उनलाई सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पताल भर्ना गरिएको थियो । वि सं १९९४ असारमा सिन्धुपलाञ्चोकमा जन्मेका प्रेमध्वज लोक तथा आधुनिक गीत संगीतका क्षेत्रमा करिब ख्याति प्राप्त निधि हुन।नेपाली संगीत जगतका ज्येष्ठ गायक प्रधानको पाँच वर्षअघि हेमाटोमाको सफल अप्रेशन गरिएको थियो। त्यसपछि उनी स्वस्थ देखिएका थिए। प्रेमध्वज प्रधान प्रसिद्ध नेपाली गायक हुन्।
कमेन्ट गर्नुहोस्