लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अक्सिजन अभावमा गयो ३० वर्षिया महिलाको ज्यान

IMG

तिलोत्तमा २०७८ बैशाख २२ गते बुधबार। रुपन्देहीको कञ्चन गाउँपालिकामा आज (बुधबार) विहान दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमका अनुसार कञ्चन १ की अन्दाजी ७० वर्ष र कञ्चन-४ की ३० वर्षिया महिलाले ज्यान गुमाएका हुन् । उनीहरुको उपचारकै क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।कञ्चन-४ की ३० वर्षिया महिलाको उपचारका लागि अक्सिजन तथा बेड अभावमा ज्यान गुमाउनु परेको परिवारले जनाएका छन् । उनलाई टाउको दुख्ने, ज्वरो आउने र रुघा खोकी लागेपछि उपचारको लागि बैशाख १४ गते बुटवल ल्याइएको थियो । भोलिपल्ट १५ गते पिसिआर परीक्ष रिपोर्ट पोजेटिभ आएपछि घरमै होम आइसोलेसनमा राखी उपचार गरिएको थियो ।


एक्कासी अक्सिजन लेवल कम भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारका लागि लगिएको भएपनि अस्पतालमा वेड तथा अक्सिजनको अभावमा मृत्यु भएको मृतकका परिवारले जनाएका छन् । ‘बिरामीको अवस्था निकै कमजोर हुदै गएको थियो, अस्पतालका चिकित्सक तथा नर्सहरुलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेपनि समयमै अक्सिजन नपाएका कारण श्रीमतीको मृत्यु भयो ।’-मृतकका श्रीमानले गुनासो गरे ।यस्तै बुटवलमै बस्दै आएकी कञ्चन-१ की ७० वर्षिया महिलाको प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यलयले कञ्चन गाउँपालिकाको स्वास्थ्य कार्यलयमा गराएको जानकारी अनुसार कञ्चनमा कोरोना संक्रमणको दोश्रो लहरमा ४५ जना संक्रमित भेटिएका छन् । उनीहरुको पहिचानका लागि कार्यालयले दिएको ठेगाना र सम्पर्क नम्वरमा सम्पर्क गर्दा गाउँपालिकाको स्वास्थ्य कार्यालयले भने ३५ जनाको मात्र पहिचान भएको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले जानकारी दिए ।


स्वास्थ्यकर्मीहरुको सम्पर्क र पहिचानमा रहेकाहरुको नियमित स्वास्थ्य अवस्थाबारे निगरानी र परीक्षण भइरहेको उनले बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको गौतमले बताए ।

कमेन्ट गर्नुहोस्