
बिकाश गौतम, तिलोत्तमा २०७८ बैशाख २१ गते मंगलबार। बुटवल उपमहानगरपालीकाले कोरोना संक्रमितको उपचारको लाागी अक्सिजन बैकको शुभारम्भ गरेको छ । उपमहानगरले लायन्स अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ बी २ नेपाल अन्र्तगत एरिया ४ र बुटवल उद्योग संघ सँगको सहकार्यमा बुटवलमा अक्सिजन बैकको शुभारम्भ गरेको हो । अक्सिजन बैकको आज एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरेका छन् ।
बुटवल उपमहानगरपालिका अन्र्गगत होम आइसोलेसन, होटल आइसोलेसन तथा संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मीसहितको टोली मार्फत अक्सिजन पुर्याउने गरी अक्सिजन बैकको शुभारम्भ गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीेले बताए । सो अवसरमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरु रिफिल गर्ने कामका लागि बुटवल उपमहानगर पालीका मेयर शिवराज सुवेदी र लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बी २ अन्र्तगत एरिया ४ का संयोजक सन्दिप कसौधनले अक्सिजन बैक संचालनको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस्तै अक्सिजन बैकं स्थापना गर्न आवश्यक पर्ने सिलिण्डरको व्यवस्थापनको काम रुपन्देही उद्योग संघले गर्ने गरी रुपन्देही उद्योग सघ र उपमहानगर बीच सम्झौता भएको संघका अध्यक्ष बाबुराम बोहोराले जानकारी दिनु भयो ।
अक्सिजन बैकको शुभारम्भको अवसरमा अक्सिजन बैक स्थापनाको लागी गठित कार्यदलका सदस्यहरु बुटवल उद्योग संघका पुर्व अध्यक्ष एजाज आलम, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्व कसजु, नेपाल औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सुरज भट्टराई, डिल्ली राज भण्डारी लगायतले प्रभावकारी कार्यान्वयनका लागि सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।
कमेन्ट गर्नुहोस्