लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलवस्तुका कोरोना संक्रमितको बुटवलमा मृत्यु

IMG

तिलोत्तमा २०७८ बैशाख २१ गते मंगलबार। कपिलवस्तुका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ । वाणगंगा नगरपालिका वडा नं ७ का ३९ बर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विषेश अस्थायी अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो ।


वैशाख १७ गते कोरोना पोजिटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएका संक्रमितको बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । ती पुरुषमा ज्वरो आएको र र स्वासप्रश्वासको समस्या रहेको गौतमले बताए ।

कमेन्ट गर्नुहोस्