लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोती दुगडको ब्यबस्थापनमा ओली नेपाल भेटबार्ता - निष्कर्ष के ?

IMG

तिलोत्तमा २०७८ बैशाख ८ गते बुधबार। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी थिए ।नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । पार्टी विभाजनको डिलमा पुगेका बेला आज अकस्मात एमाले समर्थकहरुले खुशीको खबर सुने ।


पार्टीका शिर्ष नेताद्वय केपी शर्मा ओली र माधव नेपाल वान अन वान वार्तामा बस्दैछन् । होटल मेरियटमा नेताद्वयको भेटवार्ता अचानक तय भएको थियो । करिब दुई घन्टा उनीहरुले मन माझामाझ गरे । कुराकानी के-कस्तो भयो भन्ने बाहिर आइसकेको छैन । तर, होटलबाट निस्किँदा माधव नेपालको बडील्याङ्वेज सकारात्मक नै थियो । यद्यपि, दुवै नेताले मास्क लगाएकाले अनुहारको भाव देख्न सकिएन ।नेताद्वय म्यारियट होटल पस्दा मिडियाकर्मीले सूईंको नै पाएका थिएनन् । तर, उनीहरु दुई घन्टा वार्ता गरेर निस्कँदा होटल परिसरमा पत्रकारको घुँइचो लागिसकेको थियो । एकछिन हुलमुलकै अवस्था आएका थियो। पत्रकारले नेपाललाई रोकेर प्रतिक्रिया माग्न खोज्दा नेपाल पन्छिए । ‘साथीहरुसँग सल्लाह गरेर मात्रै बोल्छु’ भन्दै उनी गाडीभित्र छिरे ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पत्रकारको नजिक नै परेनन् । अनौपचारिक पोशाकमा रहेका उनी सुरक्षा घेरामा फटाफट बाहिरिए।


नेताहरुबीच वार्ता सुरु भएको समाचार सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा तरंग उब्जिएको थियो । एमालेका समर्थक र शुभचिन्तकले यो पहललाई सकारात्मक रुपमा लिएका छन् । पार्टी एक हुनुपर्छ भन्ने उनीहरुको चाहना प्रकट भएको छ ।आमजनताले पनि सत्तारुढ दल नफुटोस भन्ने नै चाहेका छन् । यो जनचाहनालाई बुझेर दुवै नेताहरुले अब आफूलाई कति लचक बनाउँछन् भन्ने हेर्न बाँकी छ ।सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताइदिएपछि ओली र नेपालबीच यो सम्भवत दोस्रो प्रत्यक्ष भेट थियो । यसअघि उनीहरु धुम्बाराहीस्थित पार्टी कार्यालयमा सामूहिक वार्तामा बसेका थिए । एक्लाएक्लै भेट चाहिँ यो पहिलो हो । माधव नेपालले आफूँ बालुवाटार नजाने अडान लिँदै आएका छन् । साभार नेपाल प्रेस 

कमेन्ट गर्नुहोस्