लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अहंकार र दम्भले मुलुकमा समस्या देखिएको हो – मन्त्री केसी

IMG

तिलोत्तमा २०७७ चैत्र २९ गते। लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले केन्द्रिय सरकारको हलचलले प्रदेश सरकारहरु पनि प्रभावीत हुने स्वभाविक भएको बताए । उनले केन्द्रको राजनीति प्रदेशमा स्वाभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकारमा पनि परिवर्तन हुन सक्ने सम्भावना रहेको  बताए ।आइतबार बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका  नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रिय राजनीति प्रदेशमा पनि हावी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्दछन् । प्रदेशमा राजनीति छलफल विधि र विधान भित्र बसेर भएकोले छिट्टै निकास निस्कने बताए ।

कमेन्ट गर्नुहोस्