लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कलाकार कुलचन्द्र पुरीको निधन

IMG

तिलोत्तमा २०७७ फागुन २६।  नेपाली कलाक्षेत्रका बरिष्ठ कलाकार दोभान निवासी कुलचन्द्र पुरीको निधन भएको छ।  लामो समयदेखि बिरामी रहेका पुरीको बुधबार उपचारको क्रममा मृत्यु भएको हो।  बुटवललाइ कर्मथलो बनाएर कला क्षेत्रमा उदाएका पुरी लामो समयदेखि नेपाली चलचित्र, रंगमंच, टेलिफिल्म, सडक  नाटक आदिमा अभिनय गर्दै आएका छन्। 


उनका हाम्री चेली, उर्वशी , जिन्दगानी दर्पणछाया, रिक्सावाला न्यायदाता, ढाक्रे लगायतका ठुलो पर्दा र अधिक संख्यामा टेली चलचित्र र विभिन्न खाले गीत संगीत र म्युजिक भिडियोमा अभिनय गर्दै आएका थिए। आफैमा शिक्षक समेत रहेका पुरीले लामो समयदेखि अध्यापन पेशालाई समेत अंगालेका थिए।पुरी नेपाल शिक्षक सघ तिनाउका निबर्तमान अध्यक्ष एवम कलाकारिता क्षेत्रका नक्षत्र संगै तिलोत्तमा मा बि का निवर्तमान प्रधानाध्यापक समेत रहेका थिए। 


उहाको निधनले सिंगो कलाकार जगतमा एउटा परिश्रमी, इमान्दार र टिपिकल अभिनय गर्ने हस्ती गुमाएको यस क्षेत्रका फिल्म निर्देशक मनिष पन्थले बताएका छन्।  पुरीको निधनले हामीलाई अत्यन्तै दुखि बनाएको छ उहाको आत्माले शान्ति पावोस , परिवारजनप्रति समबेदना र धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने चाहान्छौ, निर्देशक मनिष पन्थले भने। कलाकार कुलचन्द्र पुरी प्रति तिलोत्तमा सिटि परिवारको तर्फबाट पनि बैकुण्ठ बासको कामना , परिवारजनमा हार्दिक समबेदना ।  

कमेन्ट गर्नुहोस्