
तिलोत्तमा सिटी ,२०७७ फाल्गुन ७। अष्ट्रेलियामा बसोबास गरिरहेका गीतकार प्रदीप चापागाईंको शब्दमा एउटा यूगल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘गल्ती–२’ शीर्षक राखिएको उक्त गीतलाई संगीतकार कल्याण सिंहले संगीतबद्ध गरेका छन् ।
गीतमा बिक्रम शराल तथा सज्जा चौलगाईंको यूगल स्वर सुन्न सकिन्छ ।गीतमा विशाल पौडेलको संगीत संयोजन, प्रदीप जोशीको मिक्सिङ तथा मास्टरिङ छ ।निकेश खड्काद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा सुरज सिंह ठकुरी तथा रेश्मा घिमिरेले अभिनय गरेका छन् ।विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्