लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गायिका अरुणा लामाको आज स्मृति दिवस

IMG

तिलोत्तमा,२०७७ माघ २७।  ए कान्छा मलाई सुनको तारा...,अरूणा लामा नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध नाम हो । सुमधुर स्वरकी धनी अरूणा लामालाई स्वर किन्नरीका रूपमा चिन्ने गरिन्छ ।गायिका अरुणा लामाको आज स्मृति दिवस उहाँको सम्झनामा साङ्गीतिक कार्यक्रम पनि हुँदैछन आज । सूर्यबहादुर लामा र आमा सानमाया लामाको छोरीको रुपमा विसं २००२ साल भदौ २४ गते दार्जीलिङको घूम पहाडमा अरुणा लामाको जन्म भएको थियो ।


लामाको पहिलो गीत ए कान्छा मलाई सुनको तारा खसाईदेउ न थियो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँको गीतियात्रा अघि बढेको थियो । वहाँको गीत सन् १९५६ देखि रेडियोमा बज्न शुरु गरेको थियो।‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने उहाँका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।


भारतको पश्चिम बङ्गाल दार्जीलिङमा सरकारी नोकरी गर्ने लामाका गीतहरु प्राय वेदना, पीडा र व्यथाले भरिएका हुन्छन। गीतहरूकी साम्राज्ञी अरुणा लामाको २०५४ साल माघ २२ गते काठमाण्डौमा देहान्त भएको थियो।

कमेन्ट गर्नुहोस्